
जेष्ठ १७ गते सोमबार २०७८ तिलोत्तमा सिटी। कोरोना महामारीले अप्ठ्याराेमा परेकाहरुका लागि रूपन्देही तिलाेत्तमा-६ का एक युवा सारथी बनेका छन् । साँझ विहान छाक टार्न समस्याहुनेहरुलाई मणिग्रामका युवा लक्ष्मण गौतमले घरमै पुगेर खाद्यान्न बितरण गरिरहेका छन् ।उनले अहिलेसम्म १ सय घरपरिवारलाई यसैगरी राहत स्वरुप निभेको चुल्हाे बाल्ने काम गरेका हुन् ।बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका गाैतमले भने-‘राहत स्वरुप चामल ,दाल ,आलु ,प्याज ,सोयाबिन, नुन ,तेल बितरण गरिरहेको छु,कोही पनि भाेकै नपराेस् भन्ने मेराे मनसाय हाे ,लकडाउन सकिएपनि मैले ५ सय परिवारलाई राहत बाँड्ने लक्ष्य छ ।’
अहिलेसम्म शुद्धाेधन गाउपालिका,बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलाेत्तमा नगरपालिका,देवदह नगरपालिका, सिद्धार्थनगर नगरपालिकाका बिपन्न, गरिब ,मजदुरी पनि गुमाएका घर परिवारलाई राहत सामग्री घरमै लगेर दिदै आएका छन् ।गाैतमले आफूले अरुको दु:ख देख्न नसक्ने बताए । म आफै खटेर हिडेंको छु,घामपानी ,कोराेनाको जाेखिम सबै भुलेर समाजसेवा गरेको हुँ,उनले भने-‘मेराे योे काम कतिपयलाई टाउको दुखाई बनेको देखेको छु ।‘दैनिक तालिका बनाएर राहत बाँड्न हिडेको छु,आफ्नै खर्चमा भाेकपेटहरुको सेवा गर्नु मेराेलागि साैभाग्यको कुरा पनि हाे- उनले सुनाए । गौतमले आफूले जनप्रतिनिधि भएर जनताको सेवा गर्ने मन भएको बताए । गौतम यसअघि बेलायतमा होटेल संचालन गरेपनि अहिले बिगत २ बर्ष देखि परिवारसहित नेपाल फर्केर जनताको सेवामा लागेको बताउछन ।
कमेन्ट गर्नुहोस्