
जेष्ठ ८ गते शनिबार २०७८ तिलोत्तमा सिटी।नेपाल पत्रकार महासंघ रुपन्देहीले स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई आर्थिक तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो ।स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम स्थित निवासमा पुुगेर महासंघको टोलीले सात्ववना दिदै काजकिरियाका लागि २५ हजार १ सय रुपैयाँ सहयोग गरेको हो । महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट प्रदान गरिएको उक्त सहयोग महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष पोखरेलले पत्रकार चौधरीको उपचारमा महासंघको तर्फबाट हर प्रयास गरिएको र अस्पताल तथा चिकित्सक स्वास्थ्यकर्मीले पनि उच्च प्राथमिकता दिएर उपचार गरेपनी बचाउन नसकिएकोमा दुख ब्यक्त गर्दै परिवारलाई समवेदना व्यक्त गर्नुभएको थियो । स्व: पत्रकार चौधारिका २ छोरा र ४ छोरी रहेका छन्। त्यसमध्य कान्छा चुरालाई समेत कोभिड देखिएर अहिले घरमै होम आइसुलेसनामा छन्। अन्य परिवारमा खासै लक्षण नदेखिएको भएता पनि ७ दिन पछि कोभिड परिक्षण गर्ने परिवारले बताएको छ। महासंघ रुपन्देहीले संस्थागत रुपमा स्व. चौधरीको उपचारका लागि अस्पताल, चिकित्सकसँग आवश्यक समन्वय तथा सहयोग गरेको थियो । भेटघाट आर्थिक तथा स्वास्थ्य सामाग्री हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल सहित उपाध्यक्ष विश्वास ढकाल, महिला उपाध्यक्ष अमृता अनमोल, सचिव विनोद परियार, कोषाध्यक्ष सञ्जय सौगात तथा कार्यसमिति सदस्यहरुहरु मोहन न्यौपाने, प्रकाश पाण्डे र कमला पाण्डेको उपस्थिती थियो ।
कमेन्ट गर्नुहोस्