
जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी। कोरोनाका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उहाको निधन भएको हो ।तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उहाँलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो । १० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिएपनि उहाँको आज बिहान ३ :१५ बजे निधन भएको अस्तालका प्रबक्ता डा. बिष्णु गौतमले जानकारी दिनुभयो । बैशाख २१ गते तिलोत्तमा स्थित आइसोलेशनमा भर्ना भै स्वास्थ्यमा थप समस्या आएपछि २५ गते अस्थायी कोरोना अस्पताल धागो कारखानामा भर्ना भई उपचाररत हुनुुहुुन्थ्यो ।
डा. बिष्णु गौतमका अनुसार मंगलबार ४ बजेदेखि आज बुधबार बिहान ८ बजेको अवधीमा उपचाररत ५ जनाको मृत्यु भएको छ । जसमध्ये रुपन्देहीका ४ जना कोराेना पाेजेटिभ बिरामी र एक जना सैनामैनाका पुरुषको जस्को कोराेना नेगेटिभ देखिएपनि मृत्यु भएको छ।५ मध्ये एक महिला र ४ पुरुष हुन् भने उनीहरुको उमेर ५२ देखि ६० बर्ष रहको छ ।तिलोत्तमा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती ४ छोरी र २ छोरा छन् । उहाको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताउनुभयो । महासंघले एक असल कर्मशील पत्रकार गुमाउनुपरेको सचिव बिनोद परियारले जानकारी दिनुभयो । उहाँको निधनप्रति तिलोत्तमा सिटी न्युज हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा डुबेको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै समबेदना ब्यक्त गर्दछ।
रुपन्देहीमा रातभरीमा १ पत्रकार सहित ७ जना कोरोना संक्रमितको मृत्यु
रुपन्देहीमा आज रातभरीमा १ जना पत्रकार सहित ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु भएको ती अस्पतालहरुले पुष्टि गरेका छन् । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेहरुमा मंगलबार अस्पताल पुगेकी तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिलाको मंगरबार साँझ ४ः२० बजे, बैशाख २८ गते कोरोना विशेषमा भर्ना भएका बुटवल १३ का ५२ वर्षिय पुरुषको मंगरबार साँझ ७ः१० बजे, बैशाख २८ देखि कोरोना विशेषमा उपचाररत बुटवल ७ का ६० वर्षिय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उता भिम अस्पतालमा जेठ ३ गते भर्ना भएका ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुषको राती १२ः४० मा, बैशाख २५ गते भर्ना भएका परासी ६ का ४६ वर्षिय पुरुषको बिहान ५ बजे र जेठ २ गते भर्ना भएका लुम्बिनी साँस्कृतिक नगरका ४५ वर्षिय पुरुषको मध्यराती १ बजे मृत्यु भएको भिम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्