
जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित वडा नम्बर ९ को कार्यालय केवलानीमा रहेको सभाहलमा स्थापित अस्थायी कोरोना अस्पताल यहि जेष्ठ ५ गतेबाटै संचालन हुने भएको छ। १०० बेडमा आवश्यक परे जति पनि थप्न मिल्ने गरि पाइपबाट सप्लाई गर्ने गरि अक्सिजनको ब्यबस्था भएको जानकारी वडा नम्बर ९ का अध्यक्ष नारायण न्यौपानेले गराएका छन्। निर्माण शुरुमा ६० बेड भनेर शुरु गरिएपनि तिलोत्तमा नगरपालिकाको माग अनुसार अर्थ मन्त्रालयबाट रु. ६५ लाख बजेटको सहमती प्राप्त भै १०० बेडको आइसुलेसन तयार गरिएको छ ।अब अक्सिजन चाहिने बिरामीले नगरपालिका वा आफ्नो वडाको टोल बिकाश सस्था या जनप्रतिनिधि अथवा स्वस्थाकर्मिको सल्लाहमा सो एचडियुको सुबिधा रहेको अक्सिजन बेडमा स्वास्थ्योपचार पाउने अध्यक्ष नारायण न्यौपानेले बताए।
अर्थमन्त्रालयबाट प्राप्त ६५ लाख र नगरपालिकाको अन्य ब्यबथापनबाट १०० बेड सहितको आधुनिक मेसिन जडित अक्सिजन पाइप र धेरै सिलिण्डर जोडेर बिरामीको उपचार गरिने नगरपालिकाका नगरप्रमुख घिमिरेले जानकारी दिए।आधुनिक मसिन सहित पाइप प्रणालीबाट बिरामीलाई चाहिने प्रयाप्त अक्सिजन सेवा प्रदान गर्ने गरि प्रविधिको जडान गरिएको नगर प्रमुख घिमिरेले बताए। सो प्रबिधिबाट अक्सिजन सप्लाई गर्दा अक्सिजन बचत हुने र धेरै जनालाई सेवा दिन सकिने उनको भनाइ छ। बिरामीहरूलाई एकैपटक १० /१० र अक्सिजन सकिएको वा मर्मत गर्न पर्ने अवस्थालाई समेत मध्यनजर गरि थप ५ वटा गरि करीब २५ वटा ग्यास सिलिन्डरबाट अक्सिजन सेवा दिन मिल्ने र आसुलेसनमा प्रयाप्त डाक्टर नर्स र स्वास्थ्यकर्मी समेत रहने नगरप्रमुख घिमिरेको भनाइ छ।
कमेन्ट गर्नुहोस्