
जेष्ठ ३ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरापालिकामा जिल्लामै बढी संक्रमितको चाप अत्यधिक बढेकोले १०० वेडको प्रयाप्त अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माणको तयारी पुरा भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर-९ केवालानी( मंगलापुर चोक देखि २ कि.मि. पुर्व ) स्थित नगरपालिकाको आफ्नै सभा हलमा सो आइसुलेसन बनाउने काम पुरा भएको नगर प्रबक्ता सुरेन्द्र श्रीले बताए। निर्माण शुरुमा ६० बेड भनेर शुरु गरिएपनि तिलोत्तमा नगरपालिकाको माग अनुसार अर्थ मन्त्रालयबाट रु. ६५ लाख बजेटको सहमती प्राप्त भै १०० बेडको आइसुलेसन तयार गरिने भएको छ । नेपाल सरकारका अर्थ मन्त्री बिष्णु पौडेलद्वारा आइसुलेसनालाई रु. ६५ लाख बजेट सहमति दिएपछि नगरप्रमुख बासुदेव घिमिरेले हार्दिक धन्यबाद दिदै खुसि ब्यक्त गरेका छन्। अर्थमन्त्रालयबाट प्राप्त ६५ लाख र नगरपालिकाको अन्य ब्यबथापनबाट १०० बेड सहितको आधुनिक मेसिन जडित अक्सिजन पाइप र धेरै सिलिण्डर जोडेर बिरामीको उपचार गरिने नगरपालिकाका नगरप्रमुख घिमिरेले जानकारी दिए।
आधुनिक मसिन सहित पाइप प्रणालीबाट बिरामीलाई चाहिने प्रयाप्त अक्सिजन सेवा प्रदान गर्ने गरि प्रविधिको जडान गरिएको नगर प्रमुख घिमिरेले बताए। सो प्रबिधिबाट अक्सिजन सप्लाई गर्दा अक्सिजन बचत हुने र धेरै जनालाई सेवा दिन सकिने उनको भनाइ छ। बिरामीहरूलाई एकैपटक करीब १५ वटा ग्यास सिलिन्डरबाट अक्सिजन सेवा दिन मिल्ने र आसुलेसनमा प्रयाप्त डाक्टर नर्स र स्वास्थ्यकर्मी समेत रहने नगरप्रमुख घिमिरेको भनाइ छ। हालसम्म सबै प्राबिधिक पक्षको काम करिब सकिएको र थप अन्य ब्यबस्थापनको कामलाई चुस्त दुरुस्त बनाएर कोरोना अस्थाई अस्पतालमा छिट्टै संक्रमित बिरामीको उपचार सेवालाई थप सहज बनाउने नगर उपप्रमुख जागेस्वर देवी चौधरीले बताईन । यस कार्यमा अग्रसर हुने सबै जनप्रतिनिधि, वार्ड ९ का वार्ड अध्यक्ष नारायण न्यौपाने, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल,कोरोना फोकल पर्सन केशब भट्टराइ , लगायत सबै कर्मचारी, स्वस्थाकर्मीलाइ धन्यबाद दिदै समयमै उपचार नपाएर , अक्सिजन नपाएर हुने मृत्युबाट अब तिलोत्तमाबासि मुक्त रहेको बताइन।
कमेन्ट गर्नुहोस्