लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामारीमा अनलाइन मार्फत रेमिटेन्स सेवा दिदै मणिग्राम कनेक्सन

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी। विश्व अहिले महामारीको चपेटामा छ।  नेपालमा पनि कोरोना महामारीले दैनिक कैयौ संख्यामा हताहत भएका छन् भने धेरै संक्रमित भएका छन्।  जिल्ला प्रसासन र स्थानिय तहले निषेधाज्ञा पालना नगरे जरिवाना र कैदसम्म राख्ने निर्णय गरेको छ।  अत्यावश्यक सेवा भन्दा अन्य सबै सेवा बन्द गरिरहेको अवश्था छ तर चुल्हो बाल्ने समस्यामा जनता यो महामारीले त्राहि त्राहि बनेका छन्। 


अहिले धेरैको घर के खाउ के लाउ भन्ने समय आइसकेको छ। पैसा खातामा सकिएर सापटी हुन्छ कि के गरेर हुन्छा परिवार पाल्ने पर्ने बाध्यता छ।  देश विदेश बाट आएको रकम पनि समयमा निकाल्न पाएका छैनन्।  तर तिलोत्तमाको मणिग्राममा अबस्थित मणिग्राम कनेक्सनले भने आफ्नो सेवा अनलाइन मार्फत सुचारु गरेर जनतालाई सहज सेवा दिईरहेको छ।  


तिलोत्तमा-२ कि अमृता शर्माले विदेशबाट आएको रकम कसरि निकाल्ने भनेर सोचिरहेकी थिइन्।  आफुसंग चेक छ तर बैंक खुलेको छैन।  एटिएम छैन त्यो समस्याले उनलाई विदेशबाट आएको रकम नगद नै चाइएको थियो। मणिग्राम कनेक्सनमा गएपछि उनको समस्या समाधान भयो। अनलाइन मार्फत नागरिकता या अन्य कागज, पैसा पठाएको कन्फरमेसन लेटर , भए पछि खातामै पैसा राखिदिने मणिग्राम कनेक्सनका संचालक बिबेक कुमार लम्सालले बताए।  त्यस्तै मणिग्रामका लक्ष्मण गौतमले विदेशबाट आएको रकम अनलाइन मार्फत आफ्नो खातामा सारे। त्यस्तै शिवपुरका बलराम उप्रेतीदेखि मणिग्राम कि रिता सुबेदी सम्मका ग्राहक ले अनलाइन मार्फत मणिग्राम कनेक्सनमा आफ्नो डकुमेन्ट पठाएर खातामा पैसा जम्मा गर्न सफल भए।  


विदेश बात पठाएको रकम तुरुन्तै सजिलोसंग राख्न र झिक्न सजिलो हुने गरि अनलाइन मार्फत सेवा दिदै आएको लम्सालले बताए।  स्वदेश तथा बिदेशबाट रकम पठाउदा अहिले बित्तिय सस्था बन्द रहेको अवस्थामा खातामा पैसा राखिदिने या सम्भव नजिक भएसम्म नगद लैजान सकिने कनेक्सनका संचालक लम्साल बताउछन।  हरेक दिन बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म सेवा दिने र सकेसम्म ग्राहकलाई घरमै बसेर खातामा पैसा राखिदिने गरेको संचालक बिबेक कुमार लम्सालले बताए। उनलाई फोन मार्फत ९८१६४७५०००र फेसबुक मार्फत पनि नागरिकता र कन्फरमेसन पठाउन सकिन्छ।   

कमेन्ट गर्नुहोस्