लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७ हजारमा ७२२ जनामा कोरोना संक्रमण

IMG

तिलोत्तमा, २०७७ पौष ७। पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००० जनामा गरिएको परीक्षणमा ४१२ जना पुरुष र ३१० जना महिला गरी ७२२ जनामा कोरोना संक्रमण भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ ।


हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७२९ रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, ललितपुरमा ४२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् । त्यस्तै मोरङमा ४०, चितवनमा ३७ र कास्कीमा ३१ जना संक्रमित फेला पारेका छन् ।

कमेन्ट गर्नुहोस्