लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको १५ शैंयाको सरकारी अस्पताल अर्थमन्त्री पौडेलद्वारा शिलन्यास

IMG

मङ्सिर ११,२०७७ तिलोत्तमा। तिलोत्तमा नगरपालिका वडा नं. ६ गोरकट्टामा निर्माण हुने १५ शैंयाको सरकारी अस्पतालको आज माननीय अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभयो । कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले तिलोत्तमाकैं सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।


तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको उहाँको भनाइ छ । सो समारोहमा लुम्बिनी प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्य तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जागेश्वर देवी चौधरी , प्रमुख प्रसासकिय अधिकृत माधव प्रसाद शर्मा , नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईं , लगायतको उपस्थिति रहेको थियो। 


२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोन्ती गरी अस्पताल बनाउन थालिएको हो । अस्पताल पूर्णनिर्माण भई सञ्चालनमा ल्याउन १७ करोड लागत अनुमान गरिएको छ ।१४ कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व. गोपाल ओझान्ठाक्ष, अमृत प्रसाद ओझान्ठाक्ष र शम्भु प्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराउनु भएको हो ।२०४० सालमा उहाँहरुले दश कठ्ठा जग्गा उपलब्ध गराएर स्थापना भएको स्वास्थ्य चौकी अहिले उहाँका छोराहरुले थप ४ कठ्ठा जग्गा उपलब्ध गराएसँगै अस्पतालमा स्तरोन्नती सहज भएको हो ।हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएसँगै प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध गराउने छ ।शिलन्यास कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले निर्माण कार्यमा बजेट अभाव हुन नदिने बताउनुभयो ।उहाँले तिलोत्तमाकैं सेमराबजार स्वास्थ्य चौकीलाई समेत अस्पतालमा स्तरोन्नती गराउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।तिलोत्तमाको वडा नं. १ र ८ को दुई सय बिगाहा क्षेत्रफलमा बन्ने सरकारी मेडिकल कलेज तिलोत्तमाको मात्र नभई प्रदेशकैं गेम चेञ्जर प्रोजेक्ट भएको बताउँदै अर्थमन्त्री पौडेलले स्रोतको व्यवस्थापन गरी तिलोत्तमामा बसपार्क, स्तरीय सडक, पूल, सिँचाई नहरलगायत थुप्रै विकासे योजना अघि बढाइने बताउनुभयो ।तिलोत्तमा व्यवस्थित सहरको रुपमा अघि बढेको बताउँदै उहाँले व्यवस्थित सहर बनाउने कुनै पनि काममा विचलित नहुन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले रुपन्देहीले विकासमा ठूलो फड्को मारेको बताउँदै तिनैं तहका सरकारको समन्वयमा काम हुँदा जनताले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था आएको उल्लेख गर्नुभयो । तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले अर्थमन्त्री पौडेलले यसअघि जनाउनु भएको प्रतिबद्धताअनुसार अस्पताल निर्माणको क्रम अघि बढेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनमा आउँदा तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिने बताउनुभयो । उहाँले सेमराबजार स्वास्थ्य चौकीको स्तरोन्नती पनि अपरिहार्य रहेको बताउँदै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।उहाँले बसपार्क निर्माण, सिटी कलेज सञ्चालन, सिँचाई नहर, सडक निर्माणमा समेत यथोचित बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।यस्तै उपप्रमुख जगेश्वरदेवी चौधरीले अस्पताल निर्माणले विपन्न वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउँदै सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गराउन अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्