लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा संक्रमितको संख्या ७ हजार ६७१ पुग्यो

IMG

बुटवल,९ मंसिर ।रुपन्देहीमा मंगलबार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा जिल्लाका ३० पुरुष र १६ महिला गरी ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका २० जना, तिलोत्तमा नगरपालिकाका ११ जना, सिद्धार्थनगर नगरपालिकाका ७ जना, देवदह नगरपालिकाका २ जना तथा सैनामैना नगरपालिका, सुद्धोधन गाउपालिका, सियारी गाउपालिका, कञ्चन गाउपालिका र ओमसतिया गाउपालिकाका १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।


यससँगै रुपन्देही जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ७ सय १७ पुगेको छ ।पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लाका थप १ सय २४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।यससँगै जिल्लामा ६ हजार ७ सय ५० जना छन् कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्कीएका छन् ।रुपन्देहीमा हालसम्म १ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।हाल रुपन्देही जिल्लामा ८ सय ५१ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्