
मङ्सिर ९, २०७७ तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाज्मा संकलनको लागि रक्तदान गरेका छन् ।मंगलबार नगरपालिका आफैले आयोजना गरेको सो रक्तदान कार्यक्रममा मेयर बासुदेव घिमिरे सहित २४ जनाले प्लाज्मा दान गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको प्रवक्ता श्रीले बताए ।
तिलोत्तमाका नगर प्रमुख बासुदेव घिमिरे, वडाध्यक्ष तामनाथ पाण्डेय सहित ११ जना कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गरेका हुन् ।सो अवसरमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरीसहित १३ जनाले पनि रक्तदान गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।कोरोनाबाट संक्रमित भएर निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिने चिकित्सकहरु बताउँछन् । नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे सहित केहि जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमित भै निको भएपछी प्लाज्मा दानको लागि समेत उपयोगी हुने उदेश्यले सो कार्यक्रमको संचालन गरिएको प्रबक्ता श्रीले बताएका छन । तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाईसकेका छन् ।
कमेन्ट गर्नुहोस्