
२०७७ कार्तिक २०,तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर ४ गतेसम्म नगरभित्रका विद्यालयलाई भौतिक रुपमा पठन–पाठन नगर्न निर्देशन दिएको छ ।नगरपालिकाले नगरभित्र कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेकाले असोज २४ गते एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि विद्यार्थीलाई विद्यालयमा भौतिक रुपमा उपथित नगराई सिकाई क्रियाकलाल सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको थियो ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा द्वारा जारि सुचनामा केही विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रुपमा विद्यालयमै उपस्थित गराई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरेको भन्दै नगरले मंगलबार सूचना जारी नगरी मंसिर ४ गतेसम्ममा भौतिक रुपमा कक्षा सञ्चालन नगर्न भनेको हो ।
कमेन्ट गर्नुहोस्