लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका कोरोना संक्रमितको लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु

IMG

कार्तिक १६ गते २०७७ तिलोत्तमा। लुम्बिनी प्रदेशिक अस्पतालमा एकअवना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिवर आइसोलेसन क्लिनिकमा तिलोत्तमा नगरपालिका वडा नंं १ का ८५ वर्षीया वृद्ध पुरूषको मृत्यु भएको हो ।स्वासप्रश्वास र उच्च ज्वरोको समस्या देखिएपछि शनिबार ति पुरूषलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान १०:३० बजे उनको मृत्यु भएको प्रारदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।


यसैसँगै रूपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । रूपन्देहीमा हालसम्म संक्रमितको संख्या ६ हजार १७४ पुगिसकेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७ सय ८४ रहेको छ ।  ४ हजार ३ सय १५ जना निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्