
१२ कात्तिक, काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् ।देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ ।कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् ।
अभिभावकहरूका अनुसार दसैंका बेला घर आउन खोज्दा विद्यार्थीहरू कुटिएका हुन् ।राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गरेकी छन् ।परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यो घटनाको सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् ।भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्यले घट्नाबारे थप सूचना भए +918929601925 मा फोन गर्न र [email protected] मा इमेल गर्न भनेका छन् ।
कमेन्ट गर्नुहोस्