लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघ्यो

tillotmacitynews - 2020 Oct 22 07:25 PM
IMG

२०७७ कार्तिक ६ तिलोत्तमा। नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८०० नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ८१२ पुगेको छ। बिहीबार ३ हजार ६२७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार २१५ जना संक्रमणमुक्त भएका छन्।


हालसम्म कुल संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ भने संक्रमणमुक्त हुनेको कुल संख्या एक लाख २ हजार ८२० पुगेको छ। बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५५२ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार २८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ जना नयाँ संक्रमित भेटिएका हुन्।

कमेन्ट गर्नुहोस्