लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कोरोनाको भयो यस्तो स्थिति ( तथ्यांक सहित )

IMG

 तिलोत्तमा । रुपन्देहीमा शुक्रबार २६० जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ८७ जना महिला र १७३ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या ४ हजार ४५८ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकामा ११४  जना, सिद्धार्थनगर नगरपालिकामा  ४७, देवदह नगरपालिकामा २६, तिलोत्तमा नगरपालिकामा २१, सैनामैना नगरपालिकामा १९, रोहिणी गाउँपालिकामा ८, कन्चन गाउँपालिकामा ६, मायादेवी गाउँपालिकामा ५,सियारी गाउँपालिकामा र सुद्धोधन गाउँपालिकामा४/४,  ओमसतिया गाउँपालिकामा ३, कोटहीमाई गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् ।


 रुपन्देहीमा कूल संक्रमित मध्ये २ हजार ७३८ जना संक्रमित निको भएका छन भने १ हजार ७४३ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्