लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही र दाङका दुईजना कोरोना संक्रमितको मृत्यु

IMG

२४ असोज, बुटवल । रुपन्देही र दाङका एक–एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।असोज १९ गते प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।


उता दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरेका छन् ।मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले जनाएको छ । योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुने संख्या १२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्