लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोना संक्रमणको छलाङ कायमै,१० जनाको मृत्यु, संख्या ६ सय नाघ्यो

tillotmacitynews - 2020 Oct 09 03:27 PM
IMG

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढिरहेको छ ।एक सातामै १० हजार संक्रमित थपिइसकेको काठमाडौंमा शुक्रबार १ हजार ४०९ जना नयाँ संक्रमित बढेका छन् ।काठमाडौंमा मात्रै १ हजार ११६ संक्रमित थपिएका छन् । ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।चाडवाडको समयमा आम मानिसहरु जनस्वास्थ्य मापदण्डलाई ख्याल नगर्दै बजारमा सपिङ गर्न हिँड्ने प्रवृत्ति बढिरहेको छ । जसका कारण संक्रमितहरु बढ्दै गएको मन्त्रालयको ठहर छ ।


सार्वजनिक सवारी साधानमा पनि असुरक्षित ढंगले मानिसहरु ओहोरदोहोर गरिरहेका छन् ।स्वास्थ्य मन्त्रालयले अति जरुरी काम नपरेसम्म घरबाहिर ननिस्कन, चाडवाडको नाममा बजार नडुल्न र यसपटकको दशैं तिहार जो जहाँ छौं त्यहीँ बसेर मनाउन निरन्तर आग्रह गरिरहेको छ ।कोरोना भाइरसको महामारी बढेसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख नाघ्दा ६ सय जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ सय पुगेको हो ।

कमेन्ट गर्नुहोस्