लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा कोभिडले रोकेको सरसफाई अभियान पुन: संचालनमा, सामाजिक दुरी र मास्क अनिबार्य

IMG

तिलोत्तम।,असोज १५ । तिलोत्तमा नगरपालिकाको वडा नं. १७ को मुडियारीमा वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा  क्लिन तिलोत्तमा’ अभियानको ६१ औं संस्करण बिहिबार वडा नं. १७ को मुडियारीमा भएको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । कोभिड पछि सामाजिक दुरी तथा मस्क अनिबार्य गराई वडाका विभिन्न टोलहरुमा गरिएको सघन सरसफाईबाट झण्डै चार ट्रेक्टर पोलोथिनजन्य फोहोर व्यवस्थापन गरिएको वडाध्यक्ष दान बहादुर चौधरीले जानकारी दिनुभयो । सयौ वार्ड बासीको सहभागिता रहेको सरसफाई कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरे, नगर उप प्रमुख जागेश्वरी देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, दान बहादुर चौधरी, वार्ड सचिव शिव उपाध्याय लगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, प्रहरी, आमा समूह, क्लव, विद्यालय, बैंक, सहकारीलगायतका प्रतिनिधिहरुको संस्थागत सहभागिता रहेको थियो ।




कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले कोभिड का कारण रोकिएको अभियान स्वास्थ्यका दृष्टिले सजग भएर अब देखि संचालन गर्न लागेको र सबै नगरबासीहरुले अनिबार्य मस्क र पन्जा र सामाजिक दुरी सहित सरसफाई अभियानमा सरिक हुन आग्रह समेत गर्नुभएको थियो।  उहाले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि यो अभियान निरन्तर चलाइएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्