लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपप्रमुख जगेश्वरदेवी चौधरीद्वारा आधारभूत स्वास्थ्य केन्द्रको शिलन्यास

IMG

असोज ८ गते तिलोत्तमा। तिलोत्तमा नगरपालिकाका सबै वडाहरुमा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुरुप वडा नं. १२ को भाठामा निर्माण हुन थालेको आधारभूत स्वास्थ्य केन्द्र भवनको बुधबार नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले शिलन्यास गर्नुभयो । सो भवनको चालु आर्थिक वर्षमैं निर्माण पूरा हुने उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनुभयो।


त्यस अवसरमा नगर उपप्रमुख चौधरीले तोकिएको मापदण्ड र गुणस्तरअनुसार भवन निर्माणको लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, टोल विकास संस्था नगरबासी लगायत सबै पक्षको रचनात्मक निगरानी र सहयोग अपरिहार्य रहने बताउनुभयो । 

आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । हाल निर्माण भैसकेका आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् ।



कमेन्ट गर्नुहोस्