लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कोरोना मृत्यु दर 0 दशमलव ९५ प्रतिशत, ६५ दशमलव ९ प्रतिशत कोरोना संक्रमित

IMG

तिलोत्तमा। रुपन्देहीमा कोरोना संक्रमणको तुलनामा कारोना मुक्त हुनेको अनुपात ६५ दशमलव ९ प्रतिशत रहेको छ । जिल्लामा २२०० जना कोरोना संक्रमित हुँदा १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् । बुधबार पनि रुपन्देहीमा ७३ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।


स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार बुधबार पनि रुपन्देहीमा बुटवल उपमहानगरले संक्रमित थप्ने कार्यमा अग्रता पाएको छ । बुधबारको पीसीआर रिपोर्टमा बुटवललाई सिद्धार्थनगर नगरपालिकाले भेटेको छ । बुटवल र सिद्धार्थनगर नगरपालिकामा बुधबार २३।२३ जना नयाँ संक्रमित थपिएका छन् भने तिलोत्तमा नगरपालिकामा १६ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि देवदह नगरपालिका ६ जना, कन्चन गाँउपालिकामा ३ जना तथा सैनामैना र सियारीमा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।रुपन्देहीमा कुल २२०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १४५० जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

कमेन्ट गर्नुहोस्