लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा आधारभुत स्वास्थ्य केन्द्रहरुको समुदघाटन

IMG

   रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड न १ र ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ।  क्रमश: वार्ड अध्यक्ष वडा नम्बर १ का तामनाथ पान्डेय र वडा नम्बर ३ का टन्क प्रसाद तिवारीको अध्यक्षता तथा नगरप्रमुखको प्रमुखआतिथ्यता एबम नगर उपप्रमुख जागेश्वरी देवी चौधरीको विशिष्ट आतिथ्यतामा आजै देखि सुचारु हुने गरि उद्घाटन गरिएको स्वास्थ्य शाखाका प्रमुख मोतिलाल पौडेलले बताए ।


स्वास्थ्यका बारेमा सबै नागरिकले चासो राख्नुपर्ने र स्वास्थ्यसंग खेलबाड गर्दा ज्यानै समेत जाने भएकाले आधारभूत स्वास्थ्यमा समेत ध्यान दिन जरुरि भएको सो कार्यक्रम मा बल्ने बक्ता हरुले जोड दिएआ थिए।  कार्यक्रममा कोरोना जस्तो महामारीमा समेत नागिरक चनाखो भइ नगर सचेत नागरिकको भूमिकामा सहयोग गरेको प्रति सबैलाई धन्यबाद समेत दिएका थिए। वडा नं. १ को शिव चोक र वडा नं. ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताको साथ अघि बढेको छ ।


 नगरपालिकाले केही दिनभित्रैं वडा नं. ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गर्ने तयारी गरेको छ । हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने कामलाई अगाडि बढाउनुका साथै स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भैरहेका नगरपालिकाले जनाएको छ ।हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन् ।


केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन् ।वडा नं १ र ३ मा स्थापना गरिएका स्वास्थ्य केन्द्र सञ्चालन कार्यक्रममा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. १ का वडाध्यक्ष तामानाथ पाण्डे, वडा नं. ३ का अध्यक्ष टंकप्रसाद तिवारी, स्वास्थ्य शाखा प्रमुख मोति पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतम, केशव भट्टराई लगायतले बोल्दै आधारभूत स्वास्थ्य केन्द्रवाट भरपुर सेवा लिन नगरवासीलाई आग्रह गर्नुभयो ।


कमेन्ट गर्नुहोस्