लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा कोरोना संक्रमितको मृत्यु,रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुग्याे

IMG

बुटवल,असाेज ३- कोरोना बिशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १० का ६९ वर्षिय पुरुषको गएराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमले जानकारी दिए  ।ती पुरूष कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । उनीमा निमोनियाको समस्या देखिएको थियो । अक्सीजनको सहायताले उपचार चलिरहेको अवस्थामा मध्यराती १ बजे उनको मृत्यु भएको हाे । उनको मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्