लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा थपिए ५ जना, संक्रमितको संख्या १ हजार ८ सय ६६ पुग्यो

IMG
१ आश्विन २०७७, बिहीबार। रुपन्देहीमा बिहीबार थप ५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या एक हजार आठ सय ६६ पुगेको छ भने ३० जना संक्रमणमुक्त भएका छन्।जिल्ला स्वस्थ कार्यलय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका १ महिला १ पुरुष गरी २ जना, लुम्बिनी सांस्कृतिक नागरपालिकामा २ जना पुरुष र तिलोत्तमा नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।जिल्लाका संक्रमित मध्ये १ जना महिला र ४ जना पुरुष हुन्। रुपन्देही जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय ६६ पुगेको पुगेको छ ।रुपन्देहीमा  हालसम्म २० जनाको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्