
२०७७ भाद्र ३० बुटवल । रुपन्देहीमा मंगलबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २६ जना महिला र ३२ जना पुरुष रहेका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमितको कूल संख्या १ हजार ८२१ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकामा १६ महिला र १४ पुरुष गरी ३० जना संक्रमित थपिएका छन् । यस्तै रोहिणी गाउँपालिमा ११ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, कन्चन गाउँपालिकामा ६ जना र देवदह नगरपालिकामा ३ जना संक्रमित थपिएका छन् ।
रुपन्देहीमा कूल संक्रमित मध्ये ९९९ जना संक्रमित निको भएका छन भने ८०६ जना उपचाररत अवस्थामा रहेका छन् । जिल्लामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस्