लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब भाइबरमा पनि २० जनासम्मको भिडियो कल गर्न मिल्ने

tillotmacitynews - 2020 Jun 09 06:54 PM
IMG

काठमाडौं । भाइबरले २० जनासम्म ग्रुप भिडियो कल गर्न मिल्ने गरी नयाँ सूविधा ल्याएको छ। यस सेवा मार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । कोरोना भाइरस संक्रमणमा सामाजिक दूरी कायम हुँदै आएको अवस्थामा यो सेवा लाभदायक हुने भएको कम्पनीको विश्वास छ ।


मोबाइल तथा डेस्क टप दुवैमा भाइबर एप मार्फत भाइबर ग्रुप कल सजिलै सञ्चालन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रूपमा पिन गर्न पनि सक्नेछन् । साथै, प्रयोगकर्ताले आफ्नो भिडियो बन्द गर्न र आफैंलाई म्युट राख्न पनि सक्नेछन् ।


यसरी गर्नुहोस् प्रयोग

भाइबरमा ग्रुप भिडियो कल सुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रीनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर नयाँ कल आयोजना गर्न वा चाल भिडियो कलमा थप सहभागीहरुलाई जोड्न मिल्छ ।


ग्रुप भिडियो कलमा सहभागी सबैलाई भिडियो लाइभ गर्ने सुविधा समेत रहेको छ । कलको दौरान आफ्नो स्क्रीनमा निश्चित व्यक्तिको भिडियो तथा स्क्रीन पिन गर्न सकिन्छ ।


साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि पाउँछन् । यसमा अन्य कोही सहभागी म्यूट रहेको वा उनीहरुको भिडियो बन्द भएको पनि देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्