लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिटिल प्याराडाइज स्कुलमा स्पोर्ट्स मिट सुरु, सर्वाधिक मेडल जित्नेलाई पूर्ण छात्रवृत्ति

IMG

रुपन्देही । तिलोत्तमा–७ भलवारीस्थित लिटिल प्याराडाइज इङ्लिस मिडियम स्कुलमा स्पोर्ट्स मिट २०८३ सुरु भएको छ । मंगलबारदेखि मङ्सिर १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन वडाध्यक्ष देवीप्रसाद पंगेनीले बेलुन उडाएर तथा पानसमा दीप प्रज्वलन गरी गर्नुभयो । 


कार्यक्रममा बोल्दै उहाँले खेलकुदले विद्यार्थीको बौद्धिक, शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राचार्य मोहन दंगोरिया थारूले खेल तालिकाबारे जानकारी गराउनुभएको थियो।कार्यक्रममा शिक्षक अभिभावक संघका उपाध्यक्ष थानेश्वर पाण्डे, सिनियर लेखापाल सुष्मा हमाल पुन र जुनियर सहायक संयोजक सम्झना खरेललगायतको उपस्थिति थियो।


विद्यार्थी अनुराग गौतमले स्वागत तथा सिनियर सहायक संयोजक नवराज रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थी सहभागी छन्।दौड, सटपुट, ज्याभलिन थ्रो, पजल तथा गणितसम्बन्धी प्रतियोगिता सञ्चालन भइरहेका छन्। शिक्षक र अभिभावकका लागि समेत खेल समावेश गरिएको प्रतियोगितामा सर्वाधिक पदक जित्ने विद्यार्थीलाई विद्यालयले पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाएको छ। उद्घाटनअघि विद्यार्थीहरूले भलवारीका विभिन्न क्षेत्रमा मार्चपास गरेका थिए।

कमेन्ट गर्नुहोस्