लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चाकरी (कविता)

IMG

संरचनामा सबै जुटे

मलाई अल्छी लाग्यो,

उनीहरूले वृद्धवृद्धाका लागि 

आकाशमा रङ्गीन क्रीडास्थल


बनाउन खोजे

त्यसलाई कसैले महत्व दिएनन्

र, म केवल मूकदर्शक बनेँ

कहाँ हरायो मेरो जाँगर


उनीहरू जस्तो बाँच्न पनि 

कहाँ हरायो मेरो चैतन्य ?


अलि पर देउरालीमा

फूलपाती चढाएर आउँदै गरेकी ती चेलीलाई

ईश्वर कहाँ छ ?’ भनेर सोधेँ

तिनले छाती देखाइन्


हिजोआज पशुपतिमा सोमबार 

बेलपाती र धतुरोको फूल चढाउन पनि

मेरो फुर्सद हरायो

गणेशथानमा मङ्गलबार


दुबो र भेटी चढाउन पनि 

मेरो जाँगर हरायो 

यहाँ कसलाई चाकरी गर्नु ?

बोल्ने देवता त दर्शक बनेको ठाउँमा


यी अबोलाले हाम्रो रक्षाको

कुनै दृश्य देख्न सक्ला र ?

त्यसैले मैले जीवनमा 

कसैको चाकरी गरिनँ 


र, चाकरीको घिनलाग्दो

पाठ पनि पढिनँ ।

कमेन्ट गर्नुहोस्