लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाउँको अर्गानिक स्वाद अब कोटिहवामै

IMG

कोटिहवा। तिलोत्तमा १५ कोटिहवामा गत वैशाखबाट गाउँको अर्गानिक्स पसल खुलेसँगै गाउँका लोकल खाध सामाग्री खरिद तथा कुटानि पिसानिका लागि सहजता थपिएको छ।  


युवा उधमि सुदिप भण्डारीले सञ्चालन मा ल्याएको गाउँको अर्गानिक्समा विभिन्न खाध तथा कुटानि पिसानि , तोरी पेलाइको सेवा समेत थप गरिएको छ।  पसलमा गाउँका लोकल खाध सामाग्रि अन्तर्गत जुम्लाको दाल, फापर, जुम्लाको मार्सि चामल , बुर्तिवाङ्गको भकिम्लो, सिस्नो, कालिकोटको घोडामन्चो (ग्रिन टि ) उपलब्ध रहेका छन।  जुम्ली सिमि, गहते सिमि , पहाडको राज्मा , रातो बोडि, सिल्तुङ दाल (झिलिङगि) , सेतो बोडि, मास दाल , मुङ्गको दाल, जुम्लाको चिनो, काबुनो, सुजिको पास्ता, जौँ को सातु, चनाको सातु, लागायतका दालजन्य वस्तु उपलब्ध रहेका छन साथै विभिन्न गेडागुडि, मकैको आटो, पिठो, कोदो फापर,गुँड, भेली, चुक , टिमुर, लोकल बेसार रहेका छन।  


सहरका बासिन्दाहरुलाइ गाउँको लोकल तथा अर्गानिक्स स्वाद चखाउने उदेश्यले पसल सञ्चान गरेको सञ्चालक सुदिप भण्डारीले बताउनुभयो।  व्यावसायले स्थानिय उत्पादन खरिद बिक्रि गरिरहेको साथै छिमेकि जिल्ला गुल्मि, पाल्पा , अर्घाखाँची लगायतका ठाउँबाट सामाग्रि आयात गरिरहेको पनि जानकारी दिनुभयो।  अहिलेको समयमा गाउँका लोकल वस्तुप्रति मानिसकहरुको चासो बढेको साथै स्वास्थ्यवर्धक खाध पदार्थ खोज्दा नपाउने समस्या समाधान गर्न पसल सञ्चालनमा ल्याएको पनि बताउनुभयो उहाँले मौसमअनुसारका सामाग्रि पनि आयात गरिरहेको साथै ग्राहकहरुले तोरीको तेल को खपत सर्वाधिक गरिरहेको जानकारी दिनुभयो।  पसल कोटिहवा चोकबाट करिव १०० मिटर पश्चिम जनउत्थान सहकारी बाट २० मिटर दक्षिण अवस्थित रहेको छ।  



कमेन्ट गर्नुहोस्