लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा–२ मा बृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा तिलोत्तमा नगरपालिका वडा नं. २ को आयोजनामा 'ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा' अभियानअन्तर्गत १६३औँ हरियाली प्रवर्द्धन तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। स्वच्छ र हरित वातावरण निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा वृक्षारोपणसँगै सरसफाइ अभियान पनि सञ्चालन गरिएको थियो।


वडा अध्यक्ष डिलबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण प्रमुख अतिथि तथा नगर उपप्रमुख जागेश्वर देवी चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले "स्वच्छ टोल, हरित टोल" मूल नारालाई व्यवहारमा उतार्दै वातावरण संरक्षणमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए। उनीहरूले प्रत्येक घरपरिवारले वृक्षारोपण, सरसफाइ र वातावरण संरक्षणलाई दैनिक जीवनको अभियानका रूपमा अघि बढाउन आग्रह गरेका थिए। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सबै वार्डमा हरियाली प्रबर्द्धन र सरसफाईको कार्यक्रम गरिने बाताबरण शाखा अधिकृत गोरखनाथ खनालले जानकारी गराउनुभयो। जस अन्तर्गत वडा नम्बर ९ को मंगलापुर चोक, ड्राइभरटोल लागायतका स्थानहरुमा सो कार्यक्रम गरिएको छ। 


कार्यक्रममा नगर कार्यपालिका सदस्य सावित्रा पन्थी, वडा सदस्यहरू, वातावरण शाखाका अधिकृत गोरखनाथ खनाल, टोल विकास संस्थाका अध्यक्ष नरबहादुर कार्की, ईश्वर न्यौपाने लगायत सबै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। त्यसैगरी आमा समूह, बाल समूह, युवा क्लब, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक–विद्यार्थी, अभिभावक, सरोकारवाला निकाय, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन वडा सचिव तेजेन्द्र बस्नेतले गर्नुभएको थियो। अभियानमार्फत वातावरण संरक्षण, हरियाली विस्तार तथा स्वच्छ नगर निर्माणमा स्थानीय समुदायको सहभागिता अझ सुदृढ हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।नगरपालिकाले यो अभियानलाई साप्ताहिक रुपमा मनाउने निर्णय गरेको छ। 

कमेन्ट गर्नुहोस्