लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाको २१औँ नगर अधिवेशनको तेस्रो बैठक सम्पन्न, वार्षिक प्रतिवेदन पारित

IMG

तिलोत्तमा, रुपन्देही। तिलोत्तमा नगरपालिकाको २१औँ नगर अधिवेशनको तेस्रो बैठक नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न भएको छ।बैठकमा नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नगरसभा सदस्य तथा सम्बन्धित शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


बैठकमा सुशासन तथा संस्थागत विकास समितिका संयोजक राधा शाही, लेखा तथा आर्थिक सुशासन समितिका संयोजक फर्सुराम गिरी तथा न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख जागेश्वर देवी चौधरीले आर्थिक वर्ष २०८२/८३ मा समितिहरूबाट सम्पादन भएका कार्यहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि नगरसभा सदस्यहरूबीच छलफल भएपछि नगरसभाले सर्वसम्मत रूपमा प्रतिवेदन पारित गरेको छ।


छलफलका क्रममा नगरसभा सदस्य हिरा गिरी (डायमण्ड)ले आफ्नो धारणा राख्दै स्थानीय सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सुझाव दिएका थिए।सहभागीहरुले राखेको जिज्ञासालाई नगर प्रमुख खाणले सहजीकरण गर्नु भएको थियो। 


बैठकमा अधिकांश नगरसभा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगरपालिकाले समितिहरूले प्रस्तुत गरेका प्रतिवेदनले आर्थिक वर्ष २०८२/८३ मा भएका कामको समीक्षा गर्दै आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्