
मणिग्राम। राष्ट्रिय लोक भोजन चुड्का संरक्षण प्रतिष्ठान नेपालद्वारा प्रथम नगर अधिबेशन तिलोत्तमा नगर कमिटी गठन भएको छ। १६ सदस्यता सहित बाबुराम पाण्डे अध्यक्ष र महासचिव अर्जुन पाण्डेको नेतृत्वमा यस नगर कमिटी निर्वाचन सम्पन्न भएको हो।
नगरको प्रथम अधिबेशनले अध्यक्ष वावुराम पाण्डेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ। जसको उपाध्यक्षमा विमला अर्याल, सचिवमा अर्जुन पाण्डे,कोषाध्यक्ष गोमा पाण्डे,सह-सचिव कमल प्रसाद बस्याल,सह-कोषाध्यक्ष गोकर्ण गौतम र सदस्यहरुमा सावित्रा भट्टराई,विष्णु प्रसाद बस्याल,चुरामणी ढकाल, फर्सुराम काफले, यम प्र. तिवारी, गोमा पाण्डे, अस्मिता अधिकारी, लेखनाथ भण्डारी, धनपती भण्डारी,शारदा भण्डारी रहेका छन्।
प्रतिष्ठानले स्थानिय स्तरमा राष्ट्रिया लोक भजन तथा चुट्का भजनसंगै आध्यात्मिक जगतको संरक्षण गर्दै समाजलाई सकारात्मक दिशामा अघि डोर्याउन ठुलो भूमिका खेल्ने नव निर्वाचित अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो। कार्यक्रम तिलोत्तमा मणिग्राम स्थित गिर्वाण मावि नजिकै सरस्वती पन्चायातन मन्दिर बैदिक आश्रममा भएको थियो।सयौँ जनाको भक्तजनहरूको घुइँचोमा दिउसोबाटै शुरु भएको कार्यक्रममा साँझ भव्य दीप प्रज्ज्वलन, आरती तथा भजन किर्तन राती १० बजेसम्म भएको थियो।
कमेन्ट गर्नुहोस्