लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले निजि बिद्यालयका प्रधानाध्यापकहरुसंग छलफल गर्दै सुझाव लियो

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका भित्र रहेका सबै संस्थागत विद्यालयका प्रधानाध्यापकहरूबीच वर्तमान शैक्षिक अवस्था, छात्रवृत्ति व्यवस्थापन तथा आगामी विद्यालयको कार्यदिशासँगै शैक्षिक स्तरोन्नतिको विषयमा शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य सुरेन्द्र श्री, रवि सेन्चुरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, शिक्षा अधिकृत धनी प्रसाद शर्मा लगायतले बोल्दै निजि स्तरका बिद्यालयले शिक्षिक गुणस्तरसंगै आरक्षण कोटमा परेका विद्यार्थीलाई समेत उचित स्थान दीई यस क्षेत्रलाई शैक्षिक हबको रुपमा बिकास गर्न सहकार्यको आवश्यकता रहेको कुरा व्यक्त गरेका थिए। सो अवसरमा आफ़ो सुझाव र प्रतिक्रिया राख्दै  प्याब्सन रुपन्देहीका अध्यक्ष तथा प्रधानाध्यापक दिपक खनाल, खेमेन्द्र राना, दिपक गौतम, सुन्दर गुरुङ, मधु प्रकाश ज्ञवाली तथा चन्द्र अधिकारी लगायतका वक्ताहरूले सरकारले निजि स्तरका बिद्यालयलाई हेर्ने नजर परिबर्तन गरि विद्यार्थीको हितमा योजना नीति र कार्यक्रम ल्याउनुपर्ने बताएका थिए।उनीहरु नगरपालिकाले ल्याएका नीति र ऎनलाई टेकेर आफुहरु अगाडी बढेको समेत बताएका थिए। 


वक्ताहरूले वर्तमान शैक्षिक चुनौतीहरू, गुणस्तरीय शिक्षामा सुधार, छात्रवृत्ति वितरणको पारदर्शिता तथा आगामी दिनमा विद्यालयहरूलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन आवश्यक रणनीतिहरूबारे जोड दिएका थिए। साथै, संस्थागत विद्यालय र स्थानीय सरकारबीच सहकार्यलाई थप सुदृढ गर्दै समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा समेत सहभागीहरूले जोड दिएका थिए।

कमेन्ट गर्नुहोस्