लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

IMG

तिलोत्तमा । फागुन २१ को निर्वाचन नजिकिदै जाँदा रुपन्देहीको निर्वाचन कार्यालय सथापना गरे कार्य तिब्र बनेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीका ५ स्थानमा कार्यलय स्थापना गर्दै निस्किएको इर्वाचन आयोगको टोलीले क्षेत्र नम्बर ३ मा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।


मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले कार्यालय स्थापना गरिएको जानकारी दिए । बस्नेतले निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताए । उनले निर्वाचन राजनीतिक दलहरूको उत्सव समेत भएको बताए।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । 


आज जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिइन्।रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र  रहेको उनले बताइन् । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता रहेका छन् ।

कमेन्ट गर्नुहोस्