लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पंगीलामा गुरुङ्ग परिवारको लमु ल्होसार शुभकामना आदानप्रदान सम्पन्न

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ स्थित बुद्धपथमा पंगीलामा गुरुङ परिवारको आयोजनामा गुरुङ समुदायको महान् पर्व तमू ल्होसार सप्री ल्हो  लाई बिदाई गर्दै त ल्हो भव्यताका साथ मनाइएको छ।सो अवसरमा  पंगीलामा गुरुङ परिवार बीच तमु ल्होसारको शुभकामना आदानप्रदान तथा दिवाभोज कार्यक्रम समेत गरिएको थियो। परिवारका अध्यक्ष लोक बहादुर गुरुङको संयोजनमा  सञ्चालित उक्त कार्यक्रममा विभिन्न पंगीलामा गुरुङ परिवारका सदस्यहरुको उपस्थिति थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै लोक बहादुर गुरुङले तमू ल्होसारले गुरुङ समुदायको ऐतिहासिक पहिचान र सांस्कृतिक एकतालाई मजबुत बनाएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको बहुसांस्कृतिक समाजमा यस्ता मौलिक पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।” गुरुङ संस्कृतिको महत्वबारे चर्चा गर्दै उहाँले यस्ता सांस्कृतिक कार्यमा सदैव स्थानीय तहले समेत सहयोग गर्नुपर्ने बताउनुभयो। 


गुरुङले ल्होसार केवल रमाइलो गर्ने माध्यम मात्र नभई गुरुङ समुदायको जीवन दर्शन र प्रकृतिप्रतिको सम्मान रहेको उल्लेख गर्नुभयो। त्यस्तै, गुरुङ समुदायबीचको एकता र सद्भाव नै समृद्ध समाजको आधार भएको बताउँदै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमगर्दै जाने बताउनुभयो।कार्यक्रममा सहभागीहरू गुरुङ समुदायको परम्परागत भेषभूषा र गरगहनामा सजिएका थिए। मौलिक नाचगान र परम्परागत परिकारहरूको स्वादसँगै दिवाभोज गरिएको थियो। यस कार्यक्रमले आपसी भाइचारा र आत्मीयतालाई बलियो बनाउनुका साथै गुरुङ समुदायको भाषा र संस्कृतिलाई उजागर गर्ने र जोगाई राख्न मद्धत पुग्ने विश्वास आयोजकले लिएको छ।

कमेन्ट गर्नुहोस्