लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्ता गुमगाम नहोस् :कविता

IMG

कविता २०८२/०८/०६

देशको लागि एक मुठ्ठी पसिना,

एक मुठ्ठी रगत र

एक मुठ्ठी सास अर्पण गरेका शहिदको बलिदान खेर नजाओस् है ।।

जेल

नेल र

यातना सहेर घाईते र अंगभंग भएका योद्धाको त्याग खेर नजाओस् है ।।


खेत

बारी र

काल्नाहरुमा

डांडा

खोल्सा,नदि किनार र

जेलका अन्धा कोठरीमा 

योद्धाको रगत लत्पत्तिएको छ

बन्दुकको नालबाट

लासको बंकरबाट

शहिदको चिहानबाट 

आएको सत्ता गुमगाम नहोस् है ॥


जनताको मुक्ति र

उत्थानको खातिर भएको क्रान्ति

सत्ता

भत्ता र 

महल खडा गर्ने माध्यम नबनोस् है ।।

अझै उस्तै छन् गरिबका झुपडी

उस्तै छ विभेद र शोषणको शिलशिला

उस्तै अंधेरा रहिरहे कर्णालीका  बस्ती र बुकुराहरु

झिलीमिली छन् सहर 

बजार

चोक र

गल्लीहरु

गरिबको खल्ती खालीको खाली छ

किसानको भकारीमा सरकारको अनुदान कहिल्यै परेन

सामन्तीको फरमानमा चल्ने सरकार र

मिलिभगतमा

तिनका आसेपासेको लुटफसुट

दादागिरी र

 मनपरि चलेकै छ

झुटको पुलिन्दा बोकेर

जनताको दैलोमा 

भोली चुनावमा सबैभन्दा पहिला त्यही पुग्छ

यो गरें

त्यो गरें

चुनाव जिते पछि

यो गर्दिउंला 

त्यो गर्दिंउंला

विचरा सोझो जनतालाई ढांटिरहेछ

ढांटिरहन्छ

पत्यांउन्जेल 

पत्यांउनजेल सम्म ।।

#✍️जूनकिरी

कमेन्ट गर्नुहोस्