
तिलोत्तमा। नागार्जुन डेभलपमेन्ट कमिटीद्वारा सञ्चालित, नेपाल सरकार र तिलोत्तमा नगरपालिकाको समन्वय तथा आनन्दवन स्वास्थ्य संस्थाको सहयोगमा रुपन्देहीको तिलोत्तमा–६, आनन्दवन टोलमा बिहीबार एचआईभी स्क्रिनिङ परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।नागार्जुन डेभलपमेन्ट कमिटीकी ओआरडब्लु यमुना शर्मा बन्जाडेको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा ५४ जना स्थानीयको एचआईभी स्क्रिनिङ परीक्षण गरिएको थियो।
सबै सहभागीहरूको परीक्षण रिपोर्ट सामान्य (नेगेटिभ) आएको जानकारी उहाँले दिनुभएको छ। यसले समुदायमा स्वास्थ्यप्रतिको सचेतना, नियमित स्वास्थ्य परीक्षणको महत्व तथा सुरक्षित र स्वस्थ समाज निर्माणतर्फ सकारात्मक सन्देश प्रवाह गरेको छ।कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकार, तिलोत्तमा नगरपालिका, आनन्दवन स्वास्थ्य संस्था, नागार्जुन डेभलपमेन्ट कमिटी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै जाने विश्वास व्यक्त गरिएको छ।
कमेन्ट गर्नुहोस्