लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकाले दुधको नमुना संकलन गरि ल्याब पठायो

IMG

कुञ्जलापुर। तिलोत्तमा नगरपालिकाले दुधको  नमुना संकलन गरेको छ । नगरपालिकाले बुधबार बिहान तिलोत्तमाका विभिन्न स्थानका करिब १६ वटा दूध डेरिको अनुगमनबाट  नमुना संकलन गरि ल्याब टेस्टका लागि खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाएको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभएको हो  ।


तिलोत्तमामा कहाँकहाँबाट दूध आयातित छ,नगरवासिले पिउने दूध कस्तो छ र डेरि संचालनको व्यवस्थापन लगायतमा   अनुगमनका क्रममा जोड दिएको तिलोत्तमाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले जानकारी गराउनुभयो ।अनुगमनका क्रममा भेटिएका उपभोक्ता तथा स्वयं व्यवसायीले पनि नागरिकका स्वास्थ्यप्रती चासो राखेको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छ्न् । उनिहरुले आगामी दिनमा पनि दुधमा  मात्र नभएर हरेक बस्तुमा अनुगमन गर्नुपर्ने  खाँचो औँल्याए ।


तिलोत्तमा नगरपालिकाका विभिन्न व्यवसायी संघ संगठनले तिलोत्तमा एक दुई बिषयमा मात्र नहेरेर सबै उपभोक्ताको हितमा काम गर्नुपर्ने सुझाव दिएका छ्न् । उद्योग बाणिज्य संघका महासचिव राजकुमार पाण्डे,उद्योग व्यपार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपाने र उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जि.एम लगायतले त्यसमा व्यवसायिक संघसंघठनहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 


अनुगमनमा तिलोत्तमाका पशु विकास प्राबिधीक राजु कुवँर,बरिष्ठ प्रशासन सहायक मिना अर्याल,वरिष्ठ प्रशासन सहायक शोभा खनाल लगायत रहेका थिए ।ल्याब टेष्टबाट रिपोर्ट आएपछी सोहिअनुसार नगरबासीमाझ ल्याउने भन्दै सोही अनुसार आगामी अनुगमनको कार्यतालिका तय गरिने नगरपालिकाले जनाएको छ ।अनुगमन गर्न पुग्दा व्यबसायी आत्तिएको पाइएकोले नआत्तिन र सचेत रहन  तथा गुणस्तरीयतामा ध्यान दिन नगरपालिकाले सुझाव दिएको छ। नगरपालिकाले  स्वास्थ्य सचेतना  सबैको साझा जिम्मेवारि भएकोले सहयोगका लागि समेत आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्