लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गणेशकी श्रीमतीलाई काठमाडौं महानगरले रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म पढाउने

IMG

काठमाडौं । गणेश नेपालीकी श्रीमतीलाई काठमाडौं महानगरपालिकाले रोजगारीको व्यवस्था गर्ने भएको छ ।पीडित परिवारसँग आइतबार भएको सहमति अनुसार काठमाडौं महानगरपालिकाले मृतक नेपालीकी श्रीमतीलाई उनको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गर्ने भएको हो । काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकले यसबारे निर्णय लिनेछ ।साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने छ । यस कार्यका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्य गर्नेछन् ।


यसैगरी काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने छ ।मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइने छ ।पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग गरि सद्गत गर्ने जिम्मा लिइने सहमतिमा उल्लेख छ ।


मृतकका एकाघरका परिवारजनको आतेजाते (यातायात) खर्च एवं काठमाडौंमा काजक्रिया अवधिभर रहँदा बस्दा हुने सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले बेहोर्नेछ ।पीडित परिवारका एकाघरका परिवारको स्वास्थ्य बीमाको कार्य स्वास्थ तथा खौ स्वच्छता मन्त्रालयबाट आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ ।

कमेन्ट गर्नुहोस्