लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा साहित्य सङ्गमको चौधौँ शृङ्खला सम्पन्न

IMG

उद्धव देवकोटा,तिलोत्तमा।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको चौधौँ शृङ्खला तिलोत्तमा नगरपालिका ड्राइभरटोल स्थित सहिद गंगालाल पुस्तकालयको हलमा सम्पन्न भएको छ।


कार्यक्रमको अध्यक्षता तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले गर्नुभयो । संस्थाका सदस्य उद्धव देवकोटाले सञ्चालन गर्नुभएको यो कार्यक्रममा मुरारि पराजुली, लक्ष्मण ज्ञवाली, कविराज पौडेल, रमेश समर्थन, उद्धव देवकोटा, सङ्गम अनुरागी, गोपालमणी गौतम, शिव प्रसाद अर्याल लगाएत करिब दर्जनौं स्रष्टाहरूले आफ्ना मौलिक रचना वाचन गर्नुभयो।संस्थाका सदस्य साहित्यकार रमेश समर्थनले वाचित रचनाहरूको समिक्षा गर्दै  तिलोत्तमा लाई साहित्यिक जागरणको उर्वर भूमिको रूपमा विकशित गर्न यस्ता शृङ्खलाहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनुभयो। 


प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले उत्कृष्ट रचना सृजना गर्न अध्ययनशील भई साधनामा लाग्नुपर्ने कुरा बताउँदै तिलोत्तमा साहित्य सङ्गम मासिक रूपमा नियमित रूपमा सञ्चालन हुने र यसले साहित्यको उत्थान गरी निर्दिष्ट लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको कुरा बताउनुभयो। उहाँले संस्थाले अगाडि बढाएका यी र यस्ता कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। चौधौँ शृङ्खलाको सफलताले भावी कार्यक्रमहरू अझै बृहत र प्रभावकारी हुने आशा गरिएको छ।


कमेन्ट गर्नुहोस्