लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुलस्कुल र हलहलमा नेपाली फिल्म "सरी मम" : बिद्यार्थी र शिक्षकको उत्कृस्ट प्रतिक्रिया

IMG

शारदा शाही, डीङ्गरनगर। रुपन्देहीको बिद्यालय तथा बिद्यार्थी र शिक्षकलाई हलहलमा ल्याई प्रदर्शनमा जुटेको नेपाली कथानक चलचित्र सरी ममको प्रदर्शन आज तिलोतमा-४ मा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा भएको छ। फिल्मले लागूऔसधको दुर्ब्यसनीमा फसेको एक युवाको कथालाई समेटेको छ । सरी मममा लागू औसधको दुर्ब्यसनीमा फसेको आफ्नो सन्तानले घरपरिवार, अभिभावक मात्र नभएर सिङ्गो समाजलाई नै प्रभाव पार्ने र त्यसले समग्र देशलाई पारे असरको बारेमा देखाउन खोजिएको छ। 


सिद्धार्थ बोर्डिङ स्कुलमा आज कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरू माझ चलचित्रको दुईवटा सो प्रदर्शन गरिएको थियो। भने बुटवलको आइएनआइ क्यु बक्स, शान्ति नमुना मावि मणिग्रामले बिश्राम बाटिका, न्यु होराइजन , मणिमुकुन्द , न्यु इन्भारमेण्ट, लागायतका स्कुलमा चलचित्र हेरिसकेपछि विद्यार्थीहरूले चलचित्रको कथावस्तु आफूहरूलाई निकै मन परेको र यो चलचित्र हेरिसकेपछि एउटा आमाले सन्तानको लागि कतिसम्म भोग्नु पर्दो रहेछ भन्ने कुरा पनि राम्रोसँग बुझ्न सकेको बताएका थिए। चलचित्र हेरिरहँदा आफूहरूलाई आमा सम्झिएर निकै रुन मनलागेको र अब आमालाई कहिले पनि दुःख नदिने पनि मनमा सोच बनाएको विद्यार्थीहरूले बताएका थिए। 


सो अवसरमा शान्ति नमुना माविको प्राङ्गणमा आयोजित कलाकार परिचय कार्यक्रममा फिल्मका नायक प्रभाल पाल ठकुरीको इण्ट्रिले माहोल तातेको थियो। कार्यक्रममा बिद्यालयले सहयोग गरेको प्रति कलाकार ठकुरी र निर्माता बिनोद लामाले शाति नमुना माविका प्राचार्य कुल प्रसाद लामीछानेलाई सम्मान समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्राचार्य लामिछानेले नेपालमा धेरै फिल्म बन्ने तर विद्यार्थी लेभलमा अवरनेस हुने खालको फिल्म केहि मात्र बन्ने हुदा फिल्म सरी ममले समाजमा ठुलो योगदान गर्ने बताउदै निर्माण र कलाकार टिमलाई धन्यबाद प्रदान गरेका थिए। कार्यक्रममा पत्रकारिता मार्फत फिल्मको प्रचार प्रसारमा सहयोग गरेबापत योगदानको कदर गर्दै चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेलाई समेत सम्मान गरिएको थियो। 


हाल तथा स्कुलमा प्रदर्शन सकिए लगत्तै नायकको आगमनले माहोल झनै तताएको थियो। नायकसँगै विद्यार्थीहरूले आफूहरूले लागू औषधको दुर्ब्यसनीमा कहिले पनि नपर्ने वाचा पनि गरेका थिए। बीचबीचमा फिल्मको नायकसँगै "से नो टु ड्रग्स" भन्ने आवाज गुन्जिरहेको थियो। यो चलचित्रको विषयवस्तु गीत संगीत भएको चलचित्रहरूभन्दा थोरै फरक छ र कलाकारहरूले पनि निकै मेहनत गरेको हामी देख्न सक्छौं । रूपन्देहीको धेरै विद्यालयहरूमा साथै हलमा यो चलचित्र प्रदर्शन भइसकेको छ। यो चलचित्रको प्रदर्शनपछि राम्रो नतिजा आइरहेको र दर्शकहरूले प्रशंसा पनि राम्रै गरिरहनुभएको निर्माता विनोद लामाले बताउनुभयो। साथै यो चलचित्रको प्रदर्शनसँगै दर्शकहरूको मायाले आफूलाई निकै उत्साह जागेको पनि नायक प्रभाल पाल ठकुरीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्