
तिलोत्तमा। लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–२, पशुपति पथमा कृपालुदास फाउन्डेसन इन्टरनेशनल नेपालले आफ्नो शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ। सामाजिक सेवा, मानवता र आध्यात्मिक उन्नतिको ध्येयसहित शुक्रबार एक साधारण कार्यक्रममार्फत शाखा उद्घाटन गरिएको हो।संस्थापक अध्यक्ष शोभाकान्त ढकालको अगुवाइमा स्थापित फाउन्डेसनले अनाथ, सडकमा आश्रयविहीन बालबालिका तथा असहाय वृद्धवृद्धाको संरक्षण, हेरचाह र पुनर्स्थापनालाई आफ्नो मुख्य लक्ष्य बनाएको छ।
ढकालका अनुसार तिलोत्तमामा सुरु भएको शाखाले प्रारम्भिक चरणमा ९ जना बालबालिकालाई सुरक्षित आश्रय, शिक्षा र स्याहार–सुसार प्रदान गर्दै सेवा विस्तार गरिनेछ।अवस्था अनुसार क्षमता बढाउँदै लैजानेछौं उनले भने।कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने समाजका कमजोर र असहाय नागरिकका लागि भरोसिलो घर–परिवार बन्ने हाम्रै अभियान हो। मानवता र करुणा आधार बनेको यो यात्रामा हामी सेवा र आध्यात्मिक अनुशासन दुवैलाई समाहित गर्दै अघि बढ्नेछौँ।
फाउन्डेसनले निकट भविष्यमा नेपालका सातै प्रदेशमा शाखा विस्तारकाे योजना अघि बढाइरहेको छ। त्यस्तै, विदेशमा रहेका सेवामनस्क नेपालीको साथ र समन्वयमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, युएईलगायतका मुलुकमा पनि शाखा स्थापना गर्ने तयारी परेको ढकालले बताए।समाजसेवा मात्र नभई आध्यात्मिक अध्यापनलाई पनि समान महत्व दिएको संस्थाले १०८ जना महिलालाई भागवत वाचन प्रशिक्षण दिने कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ। ढकालका अनुसार, आध्यात्मिक चेतनासँगै सामाजिक उत्तरदायित्व पनि जगाउने हाम्रो उद्देश्य हो।
कमेन्ट गर्नुहोस्