लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मनबिनाको धन’को ट्रेलर रिलिजमा टंक बुढाथोकी- अवश्य सबैको माया पाउने छौ।

IMG

बुटवल। बालगायक अशोक दर्जीको जीवन कथामा आधारित बायोपिक फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।


चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । यो फिल्ममा उनकै कथा र संगीत निर्देशन समेत रहेको छ ।फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । होस्टल लाइफको कथा बुनिएको फिल्मलाई टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् । ‘मनबिनाको धन’ फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।


ट्रेलर सार्वजनिकपछि टङ्क बुढाथोकीले आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा भएको भन्दै सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म रहेको बताए ।उनले भने, ‘यो फिल्मलाई आर्थिक रुपले भन्दा पनि सामाजिक रुपमा हामीले यो फिल्मबाट दिन खोजेको सन्देश सबै बुझ्नु भयो भने सफल भएको मान्ने छौ । आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा छ, हामीले त्यो चाहेको पनि छैन । तर सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म छ ।’यो फिल्मको माध्यमबाट देशभरको विद्यालयमा एउटा कोष खडा गर्ने तयारी गरेको पनि उनको भनाई छ । हामीसंग कुरा गर्दै बुढाथोकीले एक बालकको भविष्य समेत फिल्ममा जोडिएकोले सबै परिवार र दर्शकलाई फिल्मलाई माया गरिदिन आग्रह समेत गरेका छन। 

कमेन्ट गर्नुहोस्