
बुटवल। चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’ले ९ दिनमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको तथ्य सार्वजनिक गरेको छ।चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ ।जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ ।
सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ ।सुयोग गुरुङ निर्देशित यो रोमान्टिक-एड्भेन्चर फिल्मले अनमोल-सुयोगको पछिल्लो फिल्म ‘फर्की फर्की’ लाई पनि बक्सअफिसमा उछिनेको छ ।साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको समेत अभिनय छ।सोमबार ११ औं दिनमा पनि फिल्ममा दर्शकको उपस्थिति उच्च छ। शोहरू आज पनि हाउसफुल छन्।
कमेन्ट गर्नुहोस्