
प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’को प्रदर्शन मिति १७ पुस २०८२ तय भएको छ।निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ बोलको प्रवर्धन गीत युट्युबमा सार्वजनिक गरेका छन्।फिल्मले सन् २०३० सम्म खतरनाक भाइरसले मानिसले पृथ्वी छाड्ने भविष्यको काल्पनिक कथा भन्छ।
प्रदीप खड्का स्टारर विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ ।निर्माताले ‘एक्लै बाँच्नु खुरुखुरु’ बोलको प्रवर्धन गीत युट्युबमा सार्वजनिक गर्दै १ जनवरी, २०२६ अर्थात १७ पुस लाई रिलिज डेटको रुपमा घोषणा गरेका हुन् ।सार्वजनिक गीतमा रोहित शाक्यको संगीत, स्वप्नील शर्मा कम्पोज तथा शब्द र शान्तिश्री परियारको आवाज छ ।
गीतको भिडियोमा अभिनेत्री समेत रहेकी कविता नेपालीको नृत्य छ ।गीत र नृत्यको भाव आकर्षक लाग्छ । यो डान्सिङ ट्रयाकमा कविता र कोरस कलाकारलाई प्रस्तुत गरिएको छ । यो गीत रिलिज भएसँगै मेकरले फिल्मको प्रवर्धन थालेको जानकारी दिएका छन् ।पटकथा लेखन तथा निर्देशन प्रदीप शाहीको छ । फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ ।
कमेन्ट गर्नुहोस्