लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगरपालिकामा १ सय १ रक्तदाताबाट रक्तदान : निरोगीबन्न नियमित हात धुनुपर्ने

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालकिामा विश्व हात धुने दिवसको अवसरमा बृहत बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ सय १ जनाले रक्तदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताए। पौडेलका अनुसार महिला, पुरुष लगायतका विभिन्न उमेर समूहका नागरिकले स्वत स्फुर्त रुपमा रक्तदान गरेका थिए।


सो अवसरमा बोल्दै नगरप्रमुख खाणले हात धुने बानीले अन्य रोग लाग्न बाट बचाउने र रोग सर्ने बाताबरण नहुने हुनाले नियमित रुपमा साबुनपानीले हात धुने बानीले निरोगी बन्न सकिने बताए। उनले हात धुने बानी संगै १२० दिनमा खेर जाने रगतलाई नियमित रुपमा रक्तदान गरे सो रगतबाट अरु कसैको ज्यान बच्ने हुँदा यो पुण्य कार्यमा सहभागी हुन सबैलाई आग्रह समेत गरे। एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यमा सहभागी हुने सबैलाई नगर प्रमुख खाणले धन्यवाद दिएका थिए । कार्यक्रमको लागि प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलले गरेको कार्यक्रम संयोजक स्वास्थ्य अधिकृत राम प्रसाद ढकालले बताए।


विभिन्न अस्पतालहरुमा ‘फ्रेस ब्लड’ को अभाव रहेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले विश्व हात धुने दिवस मनाउने कार्यक्रम अन्तर्गत हात धुने बाल्टी साबून पछ्यौरा सहित प्रशासनिक भवन अगाडी राखेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख रामकृष्ण खाणले बताए । रगत दान गर्नेहरुलाई नगरपालिकाका नगरप्रमुख खाण सहित, स्वास्थ्य शाखा प्रमुख  ज्ञानप्रसाद पौडेल, स्वास्थ्य अधिकृत केशव भट्टराई , स्वास्थ्य अधिकृत राम प्रसाद ढकाल, स्वास्थ्य अधिकृत लक्ष्मी आचार्य, अधिकृत सिता भण्डारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए।कार्यक्रममा कर्मचारी जनप्रतिनिधि, सेवा ग्राहीहरुले रक्तदान गरेका थिए।  

कमेन्ट गर्नुहोस्