लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेनजी आन्दोलनमा घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन

IMG

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरेको छ ।मन्त्रालयका अनुसार गएको भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरण गर्नका लागि गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको हो ।


विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य शुरू गरिएको संयोजक शर्माले जानकारी दिनुभयो ।स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार अहिलेसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या २ हजार ३ सय १६ जना रहेको छ ।

कमेन्ट गर्नुहोस्