लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

IMG

काठमाडौँ। जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सिंहदरबारमा भेटेर ध्यानाकर्षण गराएका छन्।घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने गतिविधि सह्य नहुने चेतावनी दिएका छन्।विभिन्न जेनजी समूहले सरकार समक्ष आ–आफ्ना माग राख्दा राजनीतिक दलका युवाहरूले आन्दोलनको लाभ उठाउन खोजेको भन्दै विवाद उत्पन्न भएको छ।


जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।


जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।

कमेन्ट गर्नुहोस्