
भैरहवा। ‘मिस्टर नेपाल २०२५’ को उपाधिका लागि ३० जना युवा भिड्ने भएका छन् । आयोजक नेक्स्ट मोडल्सले इटहरी, जनकपुर, हेटौडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगञ्ज काठमाडौंमा आयोजना गरिएको डिजिटल अडिसनबाट ती युवा छनोट भएका हुन् ।छानिएका प्रतियोगीमा रुपन्देहीको भैरहवाका २२ वर्षिय सुजल उपाध्याय पनि हुनुहुन्छ । उपाध्यायले आफूलाई मत दिइ सफल बनाउन आग्रह गर्नुभएको छ । ‘म प्रतिष्पर्धी नम्बर २६, सुजल उपाध्याय, लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै मिस्टर नेपाल २०२५ को अन्तिम चरणमा पुग्न सफल भएको छु, ’उहाँले भन्नुभयो–‘यो यात्रा केवल मेरो नभइ, हाम्रो संस्कार, संस्कृति र गौरवलाई विश्व मञ्चमा चिनाउने रमाइलो र सम्मानको यात्रा हो ।’
उहाँले आफूलाई भोट गर्नका लागि Khalti App download गरेर Voting Option गइ Contestant No. २६ छान्न र भोट गर्न सकिने जानकारी दिनुभयो । त्यस्तै, नेपाल बाहिरबाट भोट गर्न चाहनुहुनेले www.khalti.com मा गइ Contestant No. २६ मा भोट गर्न सकिने बताउनुभयो। यो प्रतियोगितामा मुलुकको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने जनाइएको छ । फिनालेमा मिस्टर वल्र्ड नेपाल, मिस्टर ग्लोबल नेपाल र ‘म्यान अफ द वल्र्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । फिनाले काठमाडौंस्थित सोल्टी होटलमा सेप्टेम्बर १२ तारिखमा आयोजना हुनेछ ।
कमेन्ट गर्नुहोस्