लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा विपद व्यवस्थापन सम्बन्धि तालिम सुरु

IMG

कुञ्जलापुर। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विपद व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ । नगर भित्रका प्रहरी, अग्नि नियन्त्रक तथा सवारी चालकका लागि आयोजना गरिएको कार्यक्रममा प्रशिक्षण दिँदै जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन चिरञ्जीवी रानाले विपद आउनु पुर्व, आए पश्चात अपनाउनुपर्ने उपायका विषयमा सहजीकरण गरेका थिए । 


उनले रुपन्देही र यहाँका स्थानीय तहमा भैरहेको सहरीकरण समेत विपद निम्त्याउने कारण हुन सक्ने बताए । उनले तिलोत्तमामा खोलाको जोखिमले वर्षेनी मानिसलाई त्रसित बनाउने भएकाले यसका निधानका लागि र जोखिम निम्तिहाले गर्नुपर्ने कार्यका बारेमा बताएका थिए ।त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्र बहादुर रानाले विपद् सम्बन्धी त्यसको समाधानमा खटिएका जनशक्तिले के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारे प्रस्तुति र कार्यशाला मार्फत सन्देश प्रवाह गरेका थिए ।


कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँणले नगरपालिका विपदको न्यूनीकरणका लागि हरेक तवरबाट तयार रहेको बताए ।उपप्रमुख  जगेश्वर देवी चौधरीले विपद भैपरी आउने अवस्था भएकाले त्यस सम्बन्धी जनचेतना, सतर्कता र आइहाले अपनाउनुपर्ने सावधानीका बारेमा नगरले बजेट  बिनियोजन गरि सामाग्री खरिद गरि काम गरिरहेको जनाइन।  कार्यक्रम को संचालन नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्