
तिलोत्तमा।नेत्रहीन महिला संघको व्यवस्थापन ,तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा तिलोत्तमा नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिहरुलाइ दुई दिने नेतृत्व सीप विकास तालिम ( २०८१ साल चैत्र २६ र २७ ) तिलोत्तमा नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय स्तरमा रहेका अपांगता भएका व्यक्तिहरुको नेतृत्व सीप विकास एवम् संस्थागत विकास गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो । दुई दिन सम्म संचालन भएको तालिममा संगठन तथा सस्थाको परिचय,पत्र व्यवहार, माइन्युट लेखन सार्वजनिक समभाषण, प्रतिबेदन लेखन जस्ता विषयवस्तुमा प्रशिक्षण गराइएको थियो। कार्यक्रममा २५ जना अपाङ्गता भएका दृष्टीबिहिन युवायुवतीहरुको सहभागिता रहेको थियो।
तालिममा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र दिंदै उपप्रमुख जागेश्वर देवी चौधरी ले यस्तो खाले तालिमले अपाङ्गता भएका त्यसमा पनि दृष्टिबिहिनहरुलाई सबल बनाउने र आफ्नो स्वरोजगारका निम्ती अगाडी बढ्न प्रेरणा दिने बताउनुभयो। उहाँले तालिमको संयोजन गर्ने नेत्रहिन महिला संघलाई धन्यबाद दिंदै तालिम लिएका प्रशिक्षार्थीहरुले तालिमको सदुपयोग गर्न आग्रह गर्नुभयो।
दृष्टीबिहिन युवायुवतीहरुलाई आत्मनिर्भरमुखी बनाउन सो सिपमूलक तालिम प्रदान गरिएको नेत्रहिन महिला संघकी महासचिव अनिता सिग्देलले बताएकी छिन। महिलालाई आयआर्जन तथा स्वरोजगार बनाउन सो तालिमको आयोजना गरिएको हो । तिलोत्तमा नगरपालिका अन्तर्गत सामाजिक विकास शाखाले यस किसिमको तालिम आयोजना गरेको सो कार्यालयका शाखा प्रमुख बिनोद ज्ञवालीले जानकारी दिनुभयो । तालिममा अपाङ्ग समन्वय समितिका सावित्रा घिमिरे, प्रशासन शाखा प्रमुख माधव प्रसाद पोख्रेल, कल्पना तिवारी, अनिता सिग्देल, लक्ष्मी पाण्डेले सहजीकरण गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्